बुधबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने र बजेट सच्चाउने पाँच दलबीच सहमति

काठमाडौँ – सत्तारुढ गठबन्धनका पाँच दलबीच बुधबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलको बैठकमा पर्सी अर्थात बुधबारसम्म मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको हो ।

नेकपा एकीकृत समाजवादीका नेता डा.विजय पौडेलले बुधबार मन्त्रिमण्डलले पूर्णता पाउने जानकारी दिए । साथै बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट सच्चाउने निर्णय भएको उनले बताए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा