October 27, 2024, Sunday
KN hd tv

अमेरिकी सर्वोच्च अदालतमा एमी ब्यारेट अनुमोदित

एजेन्सी–अमेरिकी सिनेटले सर्वोच्च अदालतको न्यायाधीशमा एमी ब्यारेटलाई अनुमोदन गरेको छ। सिनेटमा भएको मतदानमा ब्यारेटको नाम ५२–४८ ले अनुमोदन गरेको हो।

नाम अनुमोदनसँगै ४८ वर्षीया ब्यारेटले सपथ लिएकी छन्। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको नियुक्तियता सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त भइसकेका छन्।

न्यायाधीश रुथ बादेर गिन्सबर्गको निधनपछि रिक्त स्थानमा ब्यारेटको नियुक्ति भएको हो। 
 

शीर्ष समाचार

धेरै पढिएको