काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार काठमाडौंका विभिन्न स्थानमा एकैदिन ५६ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ।
खाद्य पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तु बिक्री–वितरण गर्ने फर्म, पसल तथा व्यावसायिक प्रतिष्ठानहरूमा विभागले स्थलगत अनुगमन गरी आवश्यक कारबाहीको दायरामा ल्याइएको जनाएको छ।
विभागले जारी गरेको विज्ञप्तिअनुसार ५६ वटा व्यावसायिक फर्ममा अनुगमन गरी सुधारात्मक निर्देशन दिइएको छ। अनुगमनका क्रममा पसलहरूले बिल–बीजक दिएनदिएको, उपभोक्ताले सजिलै देख्ने गरी मूल्यसूची राखे–नराखेको तथा कानुनअनुसार तिर्नुपर्ने कर तथा अन्य दायित्व पूरा गरे–नगरेको विषयमा विशेष ध्यान दिइएको जनाइएको छ।
विभागले उपभोक्ता अधिकार सुनिश्चित गर्न यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

