‘मध्यमार्गी बाटो’ खोज्न देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं : पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि सभापति शेरबहादुर देउवाले मध्यमार्गी बाटो खोज्न सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार भोलि पुस २१ गते सोमबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बस्नेछ ।

पार्टीभित्र संस्थापन पक्ष तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहबीचको विवाद उत्कर्षमा छ ।

महामन्त्रीद्वय थापा र शर्माले पुस २७ र २८ गतेका लागि पार्टीको ‘विशेष महाधिवेशन’ आह्वान गरेका छन् भने महामन्त्रीद्वयको यो कदमलाई संस्थापन पक्षले विधानविपरीत र विद्रोही गतिविधि भनेको छ ।

पार्टीभित्र बढ्दो ध्रुवीकरणले समस्या गहिरिने देखिएपछि सभापति देउवाले मध्यमार्गी बाटो खोज्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। बैठकमा देउवा पक्षले महामन्त्रीहरूलाई आफ्नो निर्णयबाट पछि हट्न दबाब दिने रणनीति बनाएको छ भने महामन्त्री समूहले नेतृत्व परिवर्तनको एजेन्डालाई थप सशक्त बनाउने तयारी गरेको छ।

विशेष महाधिवेशनको घोषणासँगै कांग्रेसभित्र औपचारिक रूपमै दुई समानान्तर शक्ति केन्द्र देखिएका छन्, जसले पार्टीलाई फुटको संघारमा पुर्‍याउने चिन्ता कांग्रेस वृत्तमा देखिएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा