काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनमा केपी शर्मा ओली अध्यक्ष पदमा विजयी भएका छन्।
उनले आफ्नो प्रमुख प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन्।
ओलीले १६६३ मत प्राप्त गरे भने पोखरेलले ५६३ मत मात्र प्राप्त गरे । महाधिवेशनमा २२६३ प्रतिनिधि रहेका थिए, जसमध्ये ३६ जना प्रतिनिधि मत हाल्न गएका थिएनन् ।
ओली पक्षका पदाधिकारीहरू पनि अधिकांश जीत हासिल गर्न सफल भएका छन्।

