एमाले केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र अर्यालले हालेनन् भोट

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य पदका उम्मेदवार उम्मेदवार राजेन्द्र अर्यालले भोट हालेनन् ।

एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रियामा अर्याल सहभागी नभएका हुन् ।

केन्द्रीय सदस्यका उम्मेदवार अर्यालले आफू मतदान प्रक्रियामै सहभागी नभएको बताएका छन्।

नयाँ नेतृत्व चयनका लागि भएको मतदान साढे २१ घण्टापछि बिहीबार बिहान सकिएको छ। अर्यालसहित एमाले महाधिवेशनको प्रतिनिधि भएर पनि ३६ जना मतदान प्रक्रियामा अनुपस्थित भएका निर्वाचन आयोगले जनाएको छ।

अर्याल प्रेस चौतारीका पूर्वअध्यक्ष हुन्। उनले सामाजिक सञ्जालबाट प्रतिनिधिसँग मत भने मागेका छन्।
ओली समूहमा नपरेपछि अर्याल असन्तुष्ट बनेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा