एमालेलाई ठीक ढङ्गले चलाउन मेरो उम्मेदवारी : ईश्वर पोखरेल

काठमाडौँ : नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढङ्गले चलाउन अध्यक्ष पदमा दाबी गरेको बताएका छन्।

महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले आफ्नो उम्मेदवारीको कारण खुलाउँदै भने, ‘म पार्टीलाई सामूहिक नेतृत्व अन्तर्गत विधिपूर्वक ठीक ढङ्गले चलाउने उद्देश्यसहित आउन चाहेको हो।’

पार्टीलाई पुनर्गठित र पुनर्व्यवस्थित गर्न आवश्यक रहेको उनले बताए । उनले भने, ‘महाधिवेशनमा प्रतिनिधि बनेर आउनु भएका आम कार्यकर्ताहरूलाई के आग्रह चाहन्छु भने पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित गर्नुपर्ने र नेतृत्वमा पुनर्व्यवस्थित गर्नुपर्ने हुन्छ । साथै पार्टीको कार्यसम्पादनमा पनि पुनर्व्यवस्थित गर्नुपर्ने जरुरी छ। यसको अर्थ के हो भने पार्टीलाई थप अपडेटेड रूपमा ल्याउनु जरुरी छ।’

एमाले महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार पोखरेलले चुनावमा प्रतिस्पर्धा स्वाभाविक हुने बताएका छन्।

उनले भने, ‘प्रतिस्पर्धा हुनु स्वाभाविक हो । हिजो भूमिगत अवस्थामा हुँदा पनि प्रतिस्पर्धा हुन्थ्यो । अहिले खुल्ला अवस्थामा जनताको बहुदलीय जनवादले निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु अस्वाभाविक रूपमा मानिँदैन।’

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा