बैठक सारेपछि पूर्णबहादुरले भने : जबसम्म सर्बसम्मत निर्णय गर्ने अवस्था बन्दैन, सारिरहन्छु

काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वसम्मत निर्णय गर्ने अवस्था नआएसम्म पार्टीको बैठक सारिरहने बताएका छन्।

शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको सूचना बिहीबार साँझ सामाजिक सञ्जालमा राख्दै उनले यस्तो बताएका हुन् ।

उनले आज (शुक्रबार) बस्ने बैठक सार्नुपरेकोमा माफी पनि मागेका छन्।

‘माफ पाउँ सबैसँग बैठक सारेकोमा। गाली सबैले मलाई गर्नुस् जसले गाली गर्न डिजर्ब गर्नुहुन्छ’ उनले लेखेका छन्, ‘जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन म बैठक सारिरहन्छु। म कार्यवाहक रहेसम्म।’

मंसिर १२ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर १४ गतेलाई सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

कांग्रेसले आज जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १२ गते शुक्रबार दिनको २ बस्ने भनिएको बैठक २०८२ मंसिर १४ गते आइतबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएको छ।’

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ६ गते बसेको थियो। त्यसपछि स्थगित भएको बैठक मंसिर ११ गते बोलाइएको थियो।

कांग्रेसभित्र नियमित महाधिवेशन कि विशेष महाधिवेशन र चुवनाअघि कि चुनावपछि महाधिवेशन गर्ने भन्ने विषयमा विवाद चलिरहेको छ। त्यसमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमितिको बैठक सारिँदै आएको छ।

मंसिर १२ गते बस्ने भनिएको बैठक फेरि सारिएको हो। अर्को बैठक मंसिर १४ गते दिउँसो २ बजे बस्ने तय गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा