काठमाडौँमा शनिबार दिनभरि पानी पर्ने : यात्रा नगर्न सुझाव

काठमाडौँ : काठमाडौँ उपत्यकामा शनिबार दिउँसोदेखि ८ देखि १२ घण्टासम्म भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

बङ्गालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण उपत्यका सहित देशका विभिन्न भागहरूमा भारी वर्षा हुने अनुमान गरिएको हो।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक विनोद पोखरेलका अनुसार शुक्रबार हल्कादेखि मध्यम वर्षा हुनेछ भने शनिबार दिउँसोदेखि भने भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ ।

बागमती, मधेस र कोशी प्रदेशका धेरै स्थानहरूमा ठूलो वर्षाको सम्भावना छ । मौसमविद् पोखरेलका अनुसार लुम्बिनी र गण्डकीका केही भागहरू पनि प्रभावित हुन सक्छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत बागमती र मधेशका केही स्थानहरूमा ३०० मिलिमिटरभन्दा बढी वर्षा हुने जानकारी दिएका हुन् ।

उनले शनिबार राति विशेष सावधानी अपनाउन आग्रह गर्दै सकेसम्म शनिबार दिउँसोदेखि आइतबारसम्म यात्रा नगर्न सुझाव दिएका छन् । मौसमविद्हरूले सम्भावित बाढी, पहिरो र सडक अवरोधजस्ता जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन नागरिकहरूलाई अनुरोध गरेका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा