डा. विश्व पौडेल गभर्नरमा नियुक्त हुने तय, मन्त्रिपरिषद् बैठकबाट घोषणा हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा प्रा.डा. विश्व पौडेल नियुक्त हुने लगभग पक्का भएको छ। गभर्नर सिफारिस समितिको हालै बसेको बैठकले पौडेलसहित तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ।

पौडेलको नाममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति जुटेपछि उनी गभर्नर बन्ने निश्चितजस्तै भएको हो। आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकबाट उनलाई औपचारिक रूपमा नियुक्त गरिनेछ।

कांग्रेसको कोटाबाट अगाडि सारिएका पौडेल यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए। गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका उनले उम्मेदवारी अघि सारिएपछि समितिबाट राजीनामा दिएका थिए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा