नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीमा भने सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको मूल्य सोमबारकै दरमा अर्थात् १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबारको मूल्य आजकै समान १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो।

हालसम्मकै उच्च मूल्य वैशाख ९ गते देखिएको थियो, जब सुन प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो।

आज चाँदीको मूल्यमा भने पाँच रुपैयाँको गिरावट आएको छ। सोमबार १,९४५ रुपैयाँ प्रतितोला रहेको चाँदी आज १,९४० रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा