काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ६८६ शिक्षकको भर्ना खुलाएको छ । आयोगले आज (बिहीबार) एक सूचना जारी गरी सामुदायिक विद्याल निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षकका लागि विज्ञापन खुलाएको हो ।
आवश्यक शिक्षकको विवरण यसप्रकार छ:
- नेपाली शिक्षक: १०९
- अंग्रेजी शिक्षक: १७१
- गणित शिक्षक: ११२
- विज्ञान शिक्षक: १०१
- गणित विज्ञान शिक्षक: ८०
- सामाजिक शिक्षक: १०९
- स्वास्थ्य तथा शारीरिक शिक्षक: १
- संस्कृत शिक्षक: २
- संस्कृत भाषा शिक्षक: १

