म्याग्दीमा १ अर्बको सडक स्तरोन्नति योजना अघि बढ्यो

म्याग्दीको मध्यपहाडी लोकमार्ग अन्तर्गत दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडकको स्तरोन्नतिका लागि १ अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको छ। पूर्वाधार विकास कार्यालयले उक्त सडकको दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरी स्तरोन्नति गर्ने ९२ करोडको योजना सञ्चालन गरेको छ। यस योजनाको सर्वेक्षण, लागत अनुमान र विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेपछि सोमबार ठेक्का आह्वान गरिएको हो।

संघीय र प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १२–१२ करोड बजेट विनियोजन गरेको उक्त योजना गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको सबैभन्दा ठूलो आयोजना हो। यो योजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सडकको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किलोमिटर सडक कालोपत्र र ढलानको काम गत वर्ष १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौतासहित सुरु भएको थियो। यस निर्माणमा लगभग ५० प्रतिशत भौतिक प्रगति भएको बताइएको छ।

सडकले म्याग्दीबाट ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पार्ने भएकाले यसलाई प्राथमिकता दिइएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा