गण्डकी प्रदेशमा थप ५० जना कोरोना संक्रमित थपिए
- Khabar Nirantar
- २०७७ भाद्र ३१
काठमाडौं- गण्डकी प्रदेशमा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आज थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितहरुमा कास्कीका २९ जना छन्, जसमा २८ जना पोखरा महानगरपालिकाका हुन् । यसैगरी गोरखाका १३ जना, तनहुँका ५ जना र बाग्लुङका ३ जना रहेको स्वास्थ्य निर्देशनालय कास्कीले जनाएको छ ।
बिहान ५० थपिएसँगै गण्डकीमा अहिलेसम्म संक्रमितको संख्या ३१६६ पुुगेको छ ।
अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८९५ रहेको छ भने निको हुने दर ५९.९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
शीर्ष समाचार
- प्रहरीसम्बन्धी विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुन्छ : गृहमन्त्री लेखक
- हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई दिए कार्यवाहक
- यी हुन् ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्व संकेत
- लेबनानमा इजरायली आक्रमण तीव : प्रधानमन्त्री नेतान्याहू भन्छन्, ‘हिजबुल्लाहमाथि दया गरिँदैन’
- भारतमा तीन विमान र एउटा रेलमा बम राखिएको सूचना
धेरै पढिएको
-
भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा बालिकाको मृत्यु
२०८१ आश्विन २७ -
कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या
२०८१ आश्विन २८
प्रतिकृया दिनुहोस्