October 23, 2024, Wednesday
KN hd tv

नेकपाका दुई अध्यक्षबीच छलफल, स्थायी कमिटी बैठक २६ गते

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० बजे बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार २६ गते शुक्रबार स्थायी कमिटी बैठक बोलाउने दुई अध्यक्षबीच छलफल भएको जानकारी दिनुभयो ।

कार्यदलले गत ६ गते प्रतिवेदन बुझाएपछि त्यसमा छलफल हुन बाँकी छ । सचिवालय बैठकमा छलफल भएपनि स्थायी कमिटीमा छलफल गरेर प्रतिवेदन परिमार्जनको माग पार्टी नेताहरूले गर्नुभएको छ । गत बिहीबार १८ गते बसेको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतले कार्यदलले बुझाएको प्रतिवेदनमा परिमार्जनको माग गर्नुभएको थियो । स्थायी कमिटी बैठकमा छलफल भएपछि त्यसमा परिमार्जनसहित पारित हुनसक्ने नेताहरूको भनाइ छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार दुई अध्यक्षबीचको बैठक बिहान ११ बजेसम्म चलेको थियो । यसअघि साउन १३ गते बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएपछि बैठक बस्न सकेको थिएन ।

शीर्ष समाचार

धेरै पढिएको