October 23, 2024, Wednesday
KN hd tv

गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना पुष्टि

काठमाडौं–गण्डकी प्रदेशमा आज ४० जना कोरोना संक्रमित थपिएका छन्।  

पोखरामा मात्रै १६ जना थपिएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत हुन्।

त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक÷एक तथा नवलपरासीमा १७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको