October 23, 2024, Wednesday
KN hd tv

चितवनमा थप ३५ जनामा कोरोना पुष्टि

काठमाडौं – भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा भएको परीक्षणमा थप ३५ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

मंगलवार रातिसम्म भएका थप २ सय ८५ वटा नमुना परीक्षण मध्ये ३५ जनामा पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। जसमा १४ जना महिला रहेका छन्।

संक्रमण देखिएका मध्ये २८ जना चितवन भरतपुर महानगरपालिका, रत्ननगर र राप्ती नगरपलिकाका रहेका छन्।

चितवनका २८ जनामध्ये भरतपुर महानगरपालिकामा १६ पुरुष र १० महिला गरी २६ जना संक्रमित छन् ।

भरतपुर महानगरपालिका वडा नं. २, ३, ७, ९, १०, ११, १२, १५, १६, १७, २० र २६ मा संक्रमित थपिएका हुन् । उनीहरु २१ देखि ५८ वर्ष उमेर समूहका छन् ।

यसैगरी चितवनकै रत्ननगर नगरपालिका वडा नं. १० मा २७ वर्षीया एक महिला र राप्ती नगरपालिका वडा नं. ९ मा ३५ वर्षीया एक महिलामा पनि कोरोना पुष्टि भएको डा. अधिकारीले जानकारी दिइन् ।



शीर्ष समाचार

धेरै पढिएको