October 23, 2024, Wednesday
KN hd tv

धरानमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

काठमाडौं–कोरोना संक्रमणका कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जनाको मृत्यु भएको छ। झापाका ८३ वर्षीय पुरुष र मोरङकी ५६ वर्षीया महिलाको मृत्यु भएको हो।

अत्याधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आउने समस्याबाट पीडित झापाका ८३ वर्षीय पुुरुष बी एण्ड सी अस्पतालबाट रेफर भई भदौ ३ गते भर्ना भएकामा आज बिहान पौने ४ बजे निधन भएको अस्पतालले  जनाएको छ। ती पुरुषमा मिर्गौलाको दीर्घकालीन समस्या, उच्च रक्तचाप, मधुमेह र अल्प रक्तकोशिकाको समस्या रहेकोमा ८ गते कोरोना पोजिटिभ देखिएको पुष्टि भएको थियो।

कोशी अस्पतालबाट रेफर गरिएका मोरङकी ५६ वर्षीया महिलाको आज बिहान ३.१४ बजे निधन भएको अस्पतालका निर्देशक डा निदेश सापकोटाले जनाएका छन्।

शीर्ष समाचार

धेरै पढिएको