काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दल सम्मिलित समाजवादी मोर्चा एमालेसँग मुकाबला गर्ने र कांग्रेसलाई तर्साउन बनाइएको बताएका छन् ।
शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘गठबन्धन मात्रै नपुगेर अहिले समाजवादी मोर्चा बनाउने अरे । समाजवादी मोर्चा किन बनाउने भन्दा यसका दुई कारण छन् । एक एमालेसँग मुकाबला गर्ने र अर्को कांग्रेसलाई तर्साउने ।’
अध्यक्ष ओलीले सँगसँगै रहेका दलहरुले समाजवादी मोर्चा बनाइरहनुको अर्थ नहुने बताए । ओलीले भने, ‘समाजवादी मोर्चा बनाएर हुन्छ के रु किन बनाउने त्यो रु तिनै चिनेका मान्छे हो, सँगै हिँडिरहेका छन् । मोर्चा भने पनि नभने पनि लिभिङ टुगेदर चलेकै छ । के मोर्चा के नमोर्चा ?’
ओलीले २०८४ सालको आम चुनावबाट एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने मिसनमा लाग्न कार्यकर्तालाई आग्रह गरे । ‘यो चारतिर फर्केका, चारतिरका गलत गलत फरक फरक उद्देश्य बोकेका त्यस्ता तत्व एक ठाउँमा जम्मा भएर शराष्ट्रिय शक्ति बन्दैन’ उनले भने, ‘एमालेलाई सरकारबाट बाहिर राख्न एक छिनलाई हुन सक्छ । ०८४ सम्मलाई हुन सक्छ । हामीले मिसन ८४ को तयारी गर्नुपर्छ । राष्ट्रिय शक्ति निर्माण गर्नुछ । जसलाई कसैले पराजित गर्न नसकोस् ।’
ओलीले आफ्नो पार्टी तमासा र चाकडी गर्ने पार्टी नभएको बताए । ‘नेकपा एमाले तमासा गर्ने पार्टी होइन। यो जे भन्छ त्यो गर्छ। गर्ने कुरा मात्र भन्छ। यो सबै नेकपा एमालेले गर्दै पनि आएको छ,’ ओलीले भने।
अध्यक्ष ओलीले आफू कहिल्यै झुटो नबोल्ने पनि दावी गरे । अध्यक्ष ओलीले आफू कहिल्यै झुटो नबोल्ने पनि दावी गरे । आफ्नो ५६ वर्षको राजनीतिक जिवनमा कुनै कुरा झुटो नबोलेको उनले बताउँदै भने, ‘एमालेले सहि आरोप लगाउँदा विपक्षीहरुलाई भने रिस उठ्छ ।’

