October 23, 2024, Wednesday
KN hd tv

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२६ पुग्यो

काठमाडौं- नेपालमा विहीबार थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज काठमाडौंकी एक महिला,  मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्सामा एक महिला र दुई पुरुष गरी ६ जनाको कोरोनाले मृत्यु भएको छ ।

यसअघि हिजो बुधबार काठमाडौं र बर्दियामा एक-एक जना पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक-एक जना महिला गरी ६ जनाको कोरोनाले मृत्यु भएको थियो।

त्यसैगरी मंगलबार एकैदिन ७ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा काभ्रे, नवलपरासी, मरोङ, धनुषा, बाँके र कास्कीका एक-एक पुरुष तथा तनहुँकी एक महिलाको कोरोनाले मृत्यु भएको थयो ।

मन्त्रालयका अनुसार यसअघि गत सोमबार रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीय महिलाको कोरोनाले मृत्यु भएको थियो । 

शीर्ष समाचार

धेरै पढिएको