October 22, 2024, Tuesday
KN hd tv

काठमाडौं उपत्यकामा थप एक कोरोनाबाट मृत्यु

काठमाडौं – बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।

सर्लाही मलंगवा नगरपालिका-६ की ६५ वर्षीया वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता एसपी डा. प्रविन नेपालले जानकारी दिए।

ती वृद्धामा ज्वरो आएपछि स्थानीय अस्पतालमा उपचार गराएका थिए। तर स्वास्थ्य समस्या बिग्रिएपछि उनलाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो।

उनमा संक्रमण देखिएपछि सोमबार बलम्बुस्थित एपिएफ अस्पतालमा रिफर गरिएको थियो। उनलाई त्यहाँ पनि भेन्टिलेटरमै राखेर उपचार गरिएको थियो। उनको शव व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी थालेको छ।

शीर्ष समाचार

धेरै पढिएको