October 22, 2024, Tuesday
KN hd tv

कोरोना जोखिम बढेसँगै उपत्यका छिर्ने तीनवटै नाकामा हेल्थ डेस्क राखिने

काठमाडौं – उपत्यकामा तिव्र गतिमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपत्यका छिर्ने तीनवटा मुख्य नाकामा हेल्थ डेस्क राख्‍ने तयारी गरेको छ।  

उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेको र नाकाबाट आउनेहरुको स्वास्थ्य निगरानी गर्नैपर्ने भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ डेस्क राख्ने तयारी गरेको हो। मन्त्रालयका अनुसार काठमाडौंको थानकोट नागढुंगा नाका, फर्पिङ नाका र भक्तपुरको साँगा भन्ज्याङ नाकामा हेल्थ डेस्क राख्ने तयारी अघि बढाएको छ। हाल यी नाकामा कोरोना स्क्रिन मात्रै हुँदै आएको र अब हेल्‍थ डेस्क नै राख्ने तयारी भएको मन्त्रालयलका सह प्रवक्ता डा समीर अधिकारीले बताए।

नाका स्थापना गरिसकेपछि यात्रुको सामान्य स्वास्थ्य जाँच गर्ने र कोरोना शंकास्पद तथा लक्षण देखिएकाहरुलाई छुट्टै राखेर आइसोलेसनमा पठाउनेसम्मको योजना बनाइएको छ। अहिलेसम्म ती नाकामा बस्ने सुरक्षाकर्मीहरुले यात्रुहरुको पास विवरण हेरेर उपत्यका छिर्न दिने वा नदिने निर्णय लिने गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको