October 22, 2024, Tuesday
KN hd tv

हालसम्म १२ हजार ८४० ले जिते कोरोना

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १५६  जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ८४० पुगेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको प्रतिशत ७०.३९ रहेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको