October 22, 2024, Tuesday
KN hd tv

जर्ज फ्लोइड हत्या प्रकरणः प्रदर्शन नरोकिएपछि सुरक्षा फौज खटाउने ट्रम्पको घोषणा

काठमाडौं –  अश्वेत नागरिक जर्ज फ्लोइडको हत्याको विरोधमा सुरू भएका प्रदर्शन २ महिना पुग्दा पनि नरोकिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सुरक्षा फौज खटाउने घोषणा गरेका छन् ।

डेमोक्र्याटिक पार्टीको सत्ता रहेका शहरहरूमा हिंसा भड्किएको आरोप लगाएका ट्रम्पले अपराध नियन्त्रणका लागि संघीय सुरक्षाफौजसहितको ‘अपरेशन लेजेन्ड’ घोषणा गरेका छन् ।

शिकागो र डेमोक्र्याटको सत्ता रहेका अरु दुई शहर ट्रम्पहरूमा तत्कालै ‘अपरेशन लेजेन्ड’ परिचालन हुने उनले बताएका छन् ।

ओरेगन पठाइएका सङ्घीय सुरक्षा अधिकारीहरूले प्रदर्शनहरू भइरहेको पोर्टल्याण्डमा ‘उत्कृष्ट काम गरेको’ बताउँदै उनले प्रदर्शन भएका प्रमुख शहरहरूमा पनि संघीय सुरक्षाफौज पठाउने गत सोमबार नै चेतावनी दिएका थिए।

स्थानीय अधिकारीहरूले भने सङ्घीय अधिकारीहरूले खासै राम्रो काम गर्न नसकेको र, अवस्था झन् खराब बनाएको बताउँदै आएका छन्।

राज्यस्तरका नेताहरूले पोर्टल्याण्डबाट सङ्घीय सुरक्षा अधिकारीलाई हटाउन ट्रम्पसमक्ष माग गरेका थिए।

ट्रम्पको घोषणाअनुसार अब न्यूयोर्क, सिकागो, फिलडेलफिया, डेट्रोइट, बल्टिमोर र ओकल्याण्डमा संघीय अनुसन्धान व्युरो (एफबीआई), मार्शल सर्भिससहितका अरु संघीय एजेन्सीका सुरक्षाकर्मी तथा अधिकारीहरु सामेल ‘अपरेशन लेजेन्ड’ परिचालन हुनेछ।

शीर्ष समाचार

धेरै पढिएको