१४ सांसदहरुलाई छिटाे पदमुक्त गर्न सभामुखको ध्यानाकर्षण

काठमाडौं – नेकपा एमाले पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई छिटाे पदमुक्त गर्न सभामुख अग्नि सापकाेटाकाे ध्यानाकर्षण गराएकाे छ ।

बिहीबार सभामुखकाे कार्यकक्षमै प्रमुख सचेतक भट्टराई, सचेतक शान्ता चाैधरीसहित सांसदहरु कृष्णभक्त पोखरेल, खगराज अधिकारी, महेश बस्नेत, निरु पाल गरि १४ सांसद पुगेका थिए । उनीहरुले माधवकुमार नेपालसहितका १४ सांसदलाई छिटाे पदमुक्त गर्न दबाब दिएका हुन् ।

एमालेले माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चाैधरी लगायतलाई सांसद पदबाट हटाउने निर्णय गरि साेही व्यहाेराकाे पत्र संसद सचिवालयमा दर्ता गरेकाे थियाे।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा