अधिकांश स्थानमा वर्षाको सम्भावना, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौं– हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ।

आज(बुधबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाइ छ। 

दिउँसो प्रदेश–१, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश–१, प्रदेश–२ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैबीच, कोशी  र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने भएकाले तटीय क्षेत्रमा सावधानी अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।  

कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बहाव सामान्य बढ्ने तथा नारायणी र यसका सहायक नदीमा बहाब घटबढ हुने महाशाखाको पूर्वानुमान छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा