October 22, 2024, Tuesday
KN hd tv

अवैध रुपमा कोरोना परीक्षण शुल्क असुल्दै निजी अस्पताल

काठमाडौं – अस्पतालले कोभिड–१९ परीक्षण गर्ने नाममा सर्वसाधारणबाट अवैध रुपमा पैसा असुल्ने गरेको पाइएको छ । सरकारको बनाएको नियम विपरित स्वाब कलेक्सन गरी सरकारी प्रयोगशालामा पठाएबापत उनीहरुले यस्तो पैसा लिने गरेको पाइएको हो ।

यसैबिच  उपत्यकाका ग्राण्डी, ह्याम्स अस्पताल र जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले स्वीकृति नलिएरै कोरोना भाइरस (कोभिड-१९)को परीक्षण गरेको विषयमा अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन गर्ने भएको छ।

मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा असार २८ गते ३ सदस्यीय छानबिन समिति गठन गरेको हो।

मन्त्रालयबाट स्वीकृत नलिई यी अस्पतालहरुले कोभिड-१९ को परीक्षण गरिरहेको भन्नेबारे छानबिन गरी २ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको