October 22, 2024, Tuesday
KN hd tv

‘मुलुक प्रकोपविरुद्धको सङ्घर्ष रहेको बेला राजनीतिक विवादले एकता कमजोर नहोस’: प्रचण्ड

चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको उच्च जोखिममा राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहुनपर्ने बताउनु भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताए । उनले भने, “मुलुक बाढीपहिराको उच्च जोखिममा छ । यस्तो बेलामा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् । पार्टी एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैन ।”

पार्टी एकताको पक्षमा उठेका विषयमा भइरहेको पहललाई सकारात्मक रुपमा लिँदै उनले भने, “ यसमा पनि तपाईहरुको पहल भइरहेको छ । त्यसका लागि धन्यवाद ।” आगामी दिनमा अझै दृढताका साथ एकताबद्ध भएर अगाडि बढ्न उनले आग्रह गरे ।

सतर्कता अपनाउन र उच्च मनोबलका साथ एकताबद्ध भएर कोभिड–१९ का विरुद्ध लड्न उनले सुझाव दिए । रोगविरुद्ध सबै राजनीतिक शक्ति, नागरिक समाज, पत्रकार सबै एकताबद्ध हुनुपर्ने पूर्वप्रधानमन्त्री दाहालको भनाइ थियो ।

शीर्ष समाचार

धेरै पढिएको