सुनचाँदीको मूल्यमा वृद्धि

spot_img

काठमाडौं– बिहीबार सुनको मूल्य बढेको छ। बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ सय रुपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ। तेजाबी सुन भने ९१ हजार ७ सय रुपैयाँमा कारोबारु भइरहेको बताइएको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको महासंघको भनाइ छ। बुधबारको तुलनामा आज २५ रुपैयाँले वृद्धि हुँदै चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा