नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु

spot_img

नियामे- अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मङ्‍गलबार लागेको भिषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको मृत्यु भएको छ।

अग्‍नि नियन्त्रकहरुका अनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्षति पुगेको छ। झण्डै २० जना बालबालिका तिनै कक्षाकोठामा थुनिएर आगोको चपेटामा परेका थिए।

अग्‍नि नियन्त्रण विभागका कमान्डर सिडी मोहमदले उद्धारकर्ताहरुले आगो तत्कालै नियन्त्रणमा ल्याएको बताए। ‘तर, आगो निकै भयानक रहेकाले सबै बालबालिकालाई बचाउन सकिएन, उनीहरु भाग्‍न पनि सकेनन्,’ उनले भने।

आगलागी सुरु हुँदा बालबालिका आ-आफ्ना कक्षाकोठामा पढिरहेका प्रत्यक्षदर्शीले बताएका छन्। यद्यपि, आगलागीको खास कारण थाहा हुन सकेको छैन।
प्रधानमन्त्री ओहोउमोन्डोउ मोहमदुले तत्कालै घटनास्थलको निरीक्षण गरेका थिए।

विश्व मानव विकास सूचकांकमा नाइजर सबैभन्दा गरिब मुलुकमा पर्दछ। साहेल क्षेत्रको यस मुलुकमा अधिकारीहरुले परालले छाएका धेरै विद्यालय बनाएका छन्, जहाँ बालबालिका प्रायः भुइँमा बसेर पढ्ने गर्दछन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा