आजको मौसम : पहाडी भागमा वर्षाको सम्भावना

spot_img

काठमाडाैं–पहाडी  भूभागमा आशिंक बदली रहे पनि देशका अन्य भागको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बुधबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहने विभागको दाबी छ।

दिउँसो देशको अधिकांश पहडाी भूभागमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेकोसमेत विभागले जनाएको छ।

राति भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताइएको छ। राति पनि देशका पहाडी भू–भागका एक दुई ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको छ । 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा