सुरक्षितरूपमा नयाँ वर्ष मनाउन कांग्रेस सभापति देउवाकाे आग्रह

spot_img

काठमाडाैं–पुनः कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षितरूपमा नयाँ वर्ष मनाउन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन्।

नयाँ वषको अवसरमा शुभकामना व्यक्त गर्दै उनले अनिवार्यरूपमा  स्वास्थ्य मापदण्डपालना गर्न आग्रह गरेका हुन्। साथै सभापति देउवाले भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायत कार्यक्रम नगरी सुरक्षितरुपमा नयाँ वर्ष मनाउन आग्रह गरेका छन्।

कोभिड–१९ ले आम नागरिकको दैनिक जीवनमा ठूलो असर पु¥याउनुका साथै उद्योग, व्यापार, विद्यालयलगायत धेरै क्षेत्र नराम्रोसँग प्रभावित भएको र कांग्रेसले जिम्मेवार प्रतिपक्षी दलका रुपमा चुनौतीलाई सामना गर्न सरकारलाई सम्पूर्णरुपले सहयोग गरेको उनले बताएका छन्।

सरकारले महामारी रोकथाम र नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्न नसकेको आरपसमेत उनको छ। नेपाली जनताले लकडाउनको पालना गर्दै भौतिक दूरी कायम गरेर उच्च सतर्कता अपनाएर अत्यन्त संयम र एकताका साथ कोभिडविरुद्ध लडिरहेको विज्ञप्तिमा उल्लेख छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा