गठबन्धनलाई पराजित गर्दै नारायण नगरपालिकामा एमाले निर्वाचित
दैलेख – दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । एमालेका लोमन शर्माले गठबन्धनबाट प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गरेका हुन् ।
प्रमुखमा निर्वाचित शर्माले ५,४३६ मत प्राप्त गरेका छन् । थापाले ५,३५७ मत प्राप्त गरिन् । उपप्रमुखमा एमालेको तप्ताकुमारी खड्काले गठबन्धनकै उम्मेदवार नेकपा (एकीकृत समाजवादी) को सावित्री मल्ललाई १,८३५ मतान्तरले पराजित गरे । उपप्रमुखमा निर्वाचित खड्काले ५,६७३ मत प्राप्त गरेका छन् ।
#राजनीति
प्रतिकृया दिनुहोस्