March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

निर्वाचन टिकट नपाएपछि भक्तपुर कांग्रेसका खायमलीले दिए राजिनामा

भक्तुपर- स्थानीय तह निर्वाचनमा  टिकट नपाएपछि भक्तपुरका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नारायणभक्त खायमलीले राजीनामा दिएका हुन् । उनले पार्टी अध्यक्षलाई सम्बोधन गरी सोमबार राजीनामा दिएका हुन् ।

उनी पार्टीबाट जिल्लाको सूर्यविनायक नगरपालिकाकाको मेयरमा आकांक्षी थिए । सूर्यविनायक नगरपालिकाको मेयरका आकांक्षी खायमलीले आफू पार्टीको सबै तह र साधारण सदस्यको जिम्मेवारीबाट समेत अलग रहने बताउँदै पार्टी भक्तपुर जिल्ला समितिसमक्ष राजीनामा दिएका हुन् ।

उनले पत्रमा मेयरको टिकट नदिएको विषयलाई घुमाउरो पाराले लेखेका छन् । उनले पार्टीमा बसेर योगदान गरेका व्यक्तिहरूलाई माथि उकास्नको सट्टा उल्टो अपमान गरेकोसमेत भाव राजीनामामा उल्लेख गरेका छन् । उनको राजिनामाले सूर्यविनायक कांग्रेसलाई अप्ठ्यारो पर्ने आँकलन गरिएको छ । त्यसको फाइदा सिधै एमालेलाई हुनसक्ने आँकलन गरिएको छ । गएको चुनावमा सूर्यविनायकमा एमालले झिनो मतले विजयी हासिल गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको