बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको सामान्य आंशिक प्रभाव कायम रहेको छ, जसका कारण देशका केही भू-भागको मौसममा हल्का फेरबदल देखिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने सम्भावना रहेको छ भने तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। हालसम्म कुनै पनि विशेष मौसमी चेतावनी जारी नगरिए तापनि मौसमी प्रणालीमा आउने परिवर्तनलाई मध्यनजर गर्दै दैनिक अद्यावधिक जानकारी लिन महाशाखाले सबैमा आग्रह गरेको छ।
बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। विशेषगरी यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। रातिकੋ समयमा कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली कायम रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी, तराईका केही स्थानहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
आगामी दिनहरूको मौसमी प्रवृितलाई हेर्दा बिहीबार पनि देशका पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको क्रम दोहोरिन सक्ने देखिएको छ। तराई क्षेत्रमा भने बिहानीपख हुस्सु बाहेकको समयमा मौसम सामान्यतया सफा रहनेछ। चिसो बढ्दै गएकोले हिमाली क्षेत्रमा यात्रा गर्दा वा पर्वतीय गतिविधिमा संलग्न हुँदा आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित सबैमा अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्