May 28, 2022, Saturday
२०७९ जेष्ठ १४, शनिबार
KN hd tv

कांग्रेसबाट काठमाडौंको मेयरको लागि ५ जनाको नाम सिफारिस

काठमाडौं– काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट ५ जनाको नाम सिफारिस भएको छ।  

सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा काठमाडौं महानगरको मेयरमा कांग्रेसले उम्मेदवार उठाउने सहमति भएको थियो। 

गठबन्धनमा सहमति भएसँगै कांग्रेसबाट मेयर पदका आकांक्षीको नाम सिफारिस भएको हो। 

मेयरका लागि सीर्जना सिंह, हरिप्रभा खड्की, सुशन वैद्य, नीलकाजी शाक्य र प्रगतीमान रञ्जितको नाम कांग्रेसको महानगर समितिले सिफारिस गरेको हो। मेयरका लागि सिफारिसमा परेकी सीर्जना सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन्।  

सत्ता गठबन्धनका दलहरुबीच काठमाडौंमा कांग्रेसले मेयर पदमा मात्रै उम्मेदवार उठाउने सहमति भएपनि महानगर समितिले भने उपमेयरमा पनि नाम सिफारिस गरेको छ। 

उपमेयरका लागि अमिता प्रधान शाक्य र सुशीला ढकालको नाम सिफारिस भएको छ। 

गठबन्धनको बैठकमा काठमाडौंको उपमेयरमा नेकपा एकीकृत समाजवादीले उम्मेदवार उठाउने सहमति भएको थियो।  

शीर्ष समाचार

धेरै पढिएको