October 22, 2026, Thursday
KN hd tv

महानगर-उपमहानगर सिट बाँडफाँटका लागी आज पनि गठबन्धनको वैठक बस्दै

काठमाडौं –  आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको सिट बाँडफाँटबारे मंगलबार राति अबेरसम्मको बैठकमा सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक आज (बुधबार) पनि बस्दै छ । हिजो साँझ महानगरमा करिब सहमति जुटाएको गठबन्धन उपमहानगरमा भने एक ठाउँमा पुग्न सकेको छैन ।

उपमहानगरमा सहमति खोज्न आज बिहान ११ बजे बैठक बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।

यसअघि मंगलबार सत्ता गठबन्धनमा प्रमुख राजनीतिक दलहरुबीच महानगरको नेतृत्व बाँडफाँटमा सहमति जुटेको थियो । उक्त सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व लिनेछ भने पोखरा एकीकृत समाजवादीले लिनेछ । वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टीलाई दिइनेछ ।

शीर्ष समाचार

धेरै पढिएको