कांग्रेसका नेता कार्यकर्तालाई प्रचण्डले गरे माओवादी केन्द्रमा स्वागत
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका पूर्व सभापति विजयसिं तामाङसहित कांग्रेसका स्थानीय नेता-कार्यकर्ता शुक्रबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
उनीहरूलाई अध्यक्ष प्रचण्डले आफ्नै निवास (काठमाडौं, खुमलटार) मा पार्टीमा स्वागत गरेका हुन् । हेलम्बुबाट कांग्रेसका धेरै जना नेता-कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले दाबी गरेको छ ।
#राजनीति
प्रतिकृया दिनुहोस्