October 18, 2026, Sunday
KN hd tv

प्रि ओपनमा झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ।

बुधबार ५.२८ अंक बढेर २६३३.६६ विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा ०.०२ अंक घटेर २६३३.६४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५७ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा १३ कम्पनीको १६ लाख ७२ हजार २१७ रुपैयाँ बराबरको १ हजार ७१ कित्ता सेयर खरिदबिक्री भएको छ। 

करोबारमा आएकामध्ये ९ कम्पनीको सेयरमूल्य बढेको छ भने एउटाको सेयरमूल्य घटेको छ।

शीर्ष समाचार

धेरै पढिएको