भोट नहाल्नु भन्दै बाँडिएको पर्चा रोक्न खोज्दा हातपात गरियो : भीम रावल
चितवन- एमाले अध्यक्षका उम्मेदवार भीम रावलले निर्वाचनको समयमा आचारसंहिता विपरितको कार्य भएको दाबी गरेका छन्।
चितवन- एमाले अध्यक्षका उम्मेदवार भीम रावलले निर्वाचनको समयमा आचारसंहिता विपरितको कार्य भएको दाबी गरेका छन्।
‘यसरी बाँडिएको मध्ये एक रिमजति समातेर बुझाइयो। यस्तो नगरौं भन्दा हातपात गर्न खोजियो,’ रावलले भने, ‘यहाँ केही पर्यवेक्षकका नाममा छिरेको पाइयो। यसलाई पनि रोकियो।’
अहिले मतदान सकिएर मुचुल्काको काम भइरहेको भन्दै रावलले २ घन्टाभित्र अन्तिम नतिजा आउने विश्वास व्यक्त गरे।
उनले आफ्नो नाम केन्द्रीय सदस्यमा परेकोमा पनि आपत्ति जनाए। ‘अहिले पनि मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन, त्यसमा विजयी भएँ भने शपथ नलिने भनेको छु,’ रावलले भने, ‘म अध्यक्षको मात्र उम्मेदवार हुँ। उम्मेदवारी नदिएको पोष्टमा शपथ लिन्न।’
प्रतिकृया दिनुहोस्