हेफर इन्टरनेशनल नेपालको निर्देशकमा डा‍. रेग्मी नियुक्त

काठमाडौँ,–
हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा डा‍. तीर्थराज रेग्मी नियुक्त हुनुभएको छन् । । नेपालको भोकमरी, गरिबी निवारण र पशुपालन क्षेत्रमा विगत ६५ वर्षदेखि काम गरिरहेको अन्तर्राष्ट्रिय मानवीय संस्थाको रुपमा हेफर इन्टरनेशनल नेपालले काम गर्दै आएको छ । गत जेठ १८ गतेदेखि लागु हुने गरी हेफर इन्टरनेशनलले डा. रेग्मीलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको हो । सरकारी जागिर छाडेर २० वर्षअघि हेफर इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यक्रम संयोजकमा काम गरेका रेग्मी ५ महिना अन्तरिम राष्ट्रिय निर्देशक हुँदै प्रमुख भएका हुन् । डा. रेग्मी सँग ग्रामीण तहमा किसान सँग काम गरेको लामो अनुभव छ ।
नेपालको गरिबी निवारण र कृषि क्षेत्रमा आत्मनिर्भर हुँदै नेपाल सरकारले लिएका लक्ष्य भेटाउन लागि सहयोगी निकाय हुने डा. रेग्मीले बताए । नेपाल दूध र मासुमा आत्मनिर्भर भएको र अबका दिनमा साना तथा सीमान्तकृत किसानको क्षमता विकासमा साना किसान मुखी नीतिमा पैरवी गरिने बताए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा