देशका पहाडी भागमा आंशिक बदली, उच्च क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं – पश्चिमी तथा स्थानीय वायूको आंशिक प्रभावका कारण कोशी प्रदेशसहित देशका पहाडी भागको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ। अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यस्तै, पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ।

कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रही कतिपय स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपात तथा मेघगर्जन, चट्याङसहित छिटपुट वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि कतिपय स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

गएको २४ घण्टामा बाजुरा, मुगु, कास्की, लमजुङ, तनहुँ, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ, इलामलगायतका जिल्लामा छिटपुटदेखि हल्का वर्षा मापन भएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा