संस्थापन पक्षका केन्द्रीय सदस्यहरूसँग गगन-विश्वको गुनासो : हामीसँग छलफल नै भएन

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन हुन नदिने बताएका छन् । बिहान आफूहरूलाई भेट्न पुगेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूसँग उनीहरूले आफूहरूको चाहना पनि पार्टी एक रहोस् रहे पनि संस्थापन पक्षले कुनै समन्वय र छलफल नगरेको गुनासो गरे ।

संस्थापन पक्षका केन्द्रीय सदस्यहरू आङ्गेलु शेर्पा, पुष्पा भुसाल, डा. डिला संग्रौला, उदयशमशेर राणा, राजेन्द्र केसी सहितले शुक्रबार बिहान महाराजगन्जस्थित एक होटलमा महामन्त्रीद्वय थापा र शर्मालाई भेटेका थिए । त्यसअघि उनीहरुले सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । देउवाले चुनाव नजिकै आइसकेकाले पार्टीको भित्रको विवाद मिलाउन आफू तयार रहेको बताएका छन्।

भेटमा केन्द्रीय सदस्यहरूसँग महामन्त्री थापाले पार्टी नेतृत्व र संस्थापनले आफूहरूसँग समन्वय नगरी आफ्नो गुटमा छलफल गरेर त्यसैका आधारमा निर्णय गर्ने गरेको गुनासो गरेका थिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा