एमाले काठमाडौं जिल्ला कमिटीको निष्कर्ष: नेतृत्वमा पुस्तान्तरण आवश्यक

काठमाडौँ : नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब पार्टी आन्दोलन प्रभावकारी रूपमा अघि बढ्न नसक्ने निष्कर्ष निकालेको छ।

जोरपाटीमा चैत २४ गते बसेको विस्तारित बैठकले नेतृत्व हस्तान्तरणभन्दा पुस्तान्तरण आवश्यक रहेको ठहर गरेको हो। उक्त बैठकमा केन्द्रीय सदस्यदेखि वडा तहसम्मका नेताहरूको सहभागिता रहेको थियो।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेले काठमाडौंमा एक सिट पनि जित्न नसकेको र १० सिटमध्ये केवल दुई स्थानमा मात्र जमानत जोगाउन सकेको तथ्य पनि बैठकमा समीक्षा गरिएको थियो।

समीक्षाका क्रममा युवापुस्ताको आकर्षण घट्नु, नेतृत्वप्रति असन्तुष्टि र संगठनात्मक परिचालन कमजोर हुनुजस्ता कारणहरू पहिचान गरिएको जनाइएको छ।

साथै, बैठकले पार्टी केन्द्रलाई १२ बुँदे सुझाव पेश गर्ने निर्णय गरेको छ। उक्त सुझाव बागमती प्रदेश कमिटी तथा केन्द्रीय कमिटीमा पठाइने अध्यक्ष दीपक निरौलाले जानकारी दिएका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा