काठमाडौं : मन्त्रिपरिषद् विस्तारका लागि छलफलमा रहेकी प्रधानमन्त्री सुशीला कार्कीले तिहार लगत्तै मन्त्री थप गर्ने भएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मन्त्रिमण्डल १५ सदस्यीयसम्म हुन सक्नेछ ।
हाल ८ सदस्यीय मन्त्रिमण्डल छ । थप अब ७ जनासम्म मन्त्री थपिने स्रोतको भनाई छ ।
प्रधानमन्त्री नियुक्त हुँदै गर्दा कार्कीले बढीले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने बताएकी थिइन्। तर, विभिन्न पक्षलाई समेट्नुपर्ने र कामको गतिलाई तीव्र पार्नुपर्ने भएकाले उनले त्यो भन्दा ठूलो आकारको मन्त्रिपरिषद् बनाउने तयारी अघि बढाएकी छन्।
‘अहिले आठ सदस्यीय मन्त्रिपरिषद् छ। यसमा ६/७ जना थप गरेर मन्त्रिपरिषद् विस्तार हुनेछ,’ प्रधानमन्त्री कार्कीको सचिवालयका एक सदस्यले भने, ‘मन्त्रिपरिषद् बढीमा १५ सदस्यीयसम्मको हुनसक्छ।’
कार्कीले रक्षा र पराराष्ट्रमन्त्री आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्।
