निर्वाचन सुरक्षाबारे शीतल निवासमा बैठक : राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा प्रमुखहरू सहभागी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र चार वटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन सुरक्षाबारे छलफल गरेका छन्।

शीतल निवासमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री लगायत सरकारका अन्य मन्त्रीहरू सहभागी थिए। छलफल निर्वाचनको समग्र वातावरण र सुरक्षाका विषयमा केन्द्रित भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको ब्रिफिङ गरेका थिए ।

सुरक्षा निकाय प्रमुखहरूले विगतमा अझै चुनौतीपूर्ण परिस्थितिमा पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको स्मरण गराउँदै, आगामी निर्वाचन पनि सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरेका थिए ।

राष्ट्रपति पौडेलले निर्वाचन लोकतान्त्रिक अभ्यासको मूल आधार भएकाले सफलताको सुनिश्चितता गर्नु सबै पक्षको जिम्मेवारी भएको बताएका थिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा