प्रसाईको आरोप: ‘राजसंस्थाको पतनमा राप्रपाकै मुख्य भूमिका’

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि कडा आक्रोश व्यक्त गरेका छन्। आइतबार पूर्वराजा पोखराबाट काठमाडौं आउँदा स्वागत गरिएको विषयमा जस लिन खोजेको आरोप लगाउँदै प्रसाई उनीहरूमाथि खनिएका हुन्।

भक्तपुरस्थित निवासमा आज आयोजित पत्रकार सम्मेलनमा प्रसाईले राजसंस्थाको पतनको प्रमुख दोष राप्रपामाथि रहेको बताए। उनले २०७२ सालमा संविधान जारी गर्दा राप्रपा, त्यसका अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनले हस्ताक्षर नगरेको भए राजसंस्था र हिन्दु अधिराज्य कायम रहने दाबी गरे।

प्रसाईले वर्तमान परिस्थितिमा अवसर खोजेर राप्रपा नेतृत्व धमिलो पानीमा माछा मार्न लागेको आरोप लगाए। साथै, उनले आफूले पाँच हजार जनालाई रोजगारी दिएको उल्लेख गर्दै आन्दोलनका कुरा गर्नेहरूले कति रोजगार सिर्जना गरेका छन् भन्ने प्रश्नसमेत उठाए। राप्रपा महामन्त्री धवल शम्शेर राणाले चैत १ गतेदेखि आन्दोलन गर्नुपर्ने भन्दै फेसबुकमा स्टाटस लेखेका थिए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा