प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज बस्दै, विभिन्न कार्यसूचीहरू पेश गरिँदै

काठमाडौं । आज (शुक्रबार) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभा अपराह्न १ बजे र राष्ट्रियसभा सवा १ बजे बस्ने तय भएको छ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औं वार्षिक प्रतिवेदन पेस गर्नेछन्। उर्जामन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

राष्ट्रियसभा बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर हुनेछ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९/८० को छैटौँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। त्यस्तै, अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा