२२ वर्षपछि पुनः रिलिज गरिएको फिल्म ‘गदर’ ले कति कमायो?

बलिउड अभिनेता सनी देओल र अमीषा पटेलको फिल्म ‘गदर २’ साउन २६ गतेदेखि प्रदर्शन हुँदैछ। 

यो फिल्म प्रदर्शनअघि निर्माण टिमले ‘गदर’ पुनः रिलिज गरेका छन्। फिल्म गत शुक्रबारदेखि भारतका हलमा प्रदर्शन भइरहेको छ।
 
अनिल शर्माले निर्देशन गरेको फिल्मलाई फोरकेमा प्रदर्शन गरिएको हो। दर्शकलाई हलसम्म ल्याउन निर्माण टिमले टिकटको मूल्य समेत घटाएका छन्। 

फिल्मले भारतीय बक्स अफिसमा औसत व्यापार गरिरहेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले तीन दिनमा १३० लाख भारू कमाएको छ। 

३० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४५ लाख र तेस्रो दिन ५५ लाख कमाएको हो।

सन् २००१ मा प्रदर्शन भएको फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। फिल्मले १३३ करोड भारू कमाएको थियो।

सोमबार ‘गदर २’ को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा सनी देओललाई मात्र प्रस्तुत गरिएको छ।

अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा