सेयर बजार १६.४२ अंकले बढ्यो

काठमाडौं – बुधबार पनि सेयर बजार उकालो लागेको छ । आइतबारबाट सुधारोन्मुख भएको सेयर बजार आज पनि उकालो लागेको हो । आज नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ विन्दुमा पुगेको छ।

१ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा कुल २२३ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १२६ कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

साथै ६ कम्पनीको भाउ स्थिर छ । बुधबार सर्वाधिक शिवम् सिमेन्टको २८ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा